दफा १२
पदपूर्तिको काममा सहयोग गर्न सक्ने
प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सैनिक सेवा, सशस्त्र प्रहरी सेवा, प्रहरी सेवा वा अन्य सरकारी सेवा वा सार्वजनिक संस्थाहरुमध्ये नेपाल सरकारले आयोगको परामर्श लिई तोकेका सैनिक सेवा, सशस्त्र प्रहरी सेवा, प्रहरी सेवा वा अन्य सरकारी सेवा वा सार्वजनिक संस्थाका कर्मचारीको पदपूर्ति गर्दा तोकिए बमोजिम परीक्षा लगायतका काममा आयोगले आवश्यक सहयोग गर्न सक्नेछ ।